Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छिट्टै समाजवादी माेर्चा निर्माण हुन्छ : प्रचण्ड

छिट्टै समाजवादी माेर्चा निर्माण हुन्छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७९ शनिवार • १९:३९:१९ बजे
  • 889
    SHARES
  • छिट्टै समाजवादी माेर्चा निर्माण हुन्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै समाजवादी मोर्चा बन्ने निर्माण गर्ने घोषणा गरेका छन् ।

    images

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । समाजवादी मोर्चा निर्माण गरेर कम्युनिष्टहरूको बृहत्तर एकताका लागि बहस सुरु गरिने बताउँदै उनले जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइनसकेको बताए । उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ ।

    यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ ।’ अध्यक्ष प्रचण्डले माओवादी धाराका कम्युनिस्ट घटकबीच हाल त्यसबारे छलफल भइरहेकोभन्दै शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्ने बताए ।

    समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जनाको पहल माओवादीले नै गर्ने उनको भनाइ छ ।

    एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा रहेको बताउँदै उनले भने, ‘नेकपा फेरि पुर्नस्थापित गर्नुपर्छ भन्नेमा पनि त्यहाँ मत छ । त्यो मत क्रान्तिको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology