कुवेत - नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन भएको छ ।

कुवेतको जलिबस्थित पपिन्स हलमा १० मार्च शुक्रवारका दिन अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिमा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वज लामा, एनआरएन आईसिसी सदस्य हरी लावती , पत्रकार महासँघ कुवेतका उपाध्यक्ष राज मल्ल, प्रायोजक BEC एक्सचेन्जका प्रतिनिधि डम्बर गुरुङ लगायतको रहेको थियो । भने अतिथिमा कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधि , पत्रकार, कलाकार खेलाडी, समाजसेवी लगायत थिए ।

कार्यक्रम समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले कुबेतमा छरिएर रहेका कला गला भएका दाजुभाई दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्नु पर्छ यस्ता खाले काम कुराहरुमा नेपाली दूतावासको तर्फ सहयोग रहने बताए। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामा, पत्रकार महासँघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी,BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङले लगायतले शुभकामना मन्व्य दिएका थिए ।
संस्थाका बरिष्ठ संरक्षक टिकाराम आचार्यले स्वागत मन्तव्य सहित स्थापना कालदेखी संस्थाले गरेका हरेक गतिविधिको बारेमा बताएका थिए । कार्यक्रममा स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । त्यसैगरी संस्थालाइ योगदान दिएको बापत गोविन्द प्रसाद तिम्सिना, कलाकार नबिन श्रेष्ठ, संरक्षक ध्रुबकुमार संग्रौला र प्रायोजक BEC एक्सचेन्जका प्रतिनिधि डम्बर गुरुङलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अन्त्यमा सभापति गोबिन्द बरालले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपाल कुवेत साँस्कृतिक मन्चबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।