Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्डविरुद्धको रिटले माओवादी घटक एक ठाउँमा, आज संयुक्त पत्रकार सम्मेलन गर्दै

प्रचण्डविरुद्धको रिटले माओवादी घटक एक ठाउँमा, आज संयुक्त पत्रकार सम्मेलन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७९ आइतवार • ०९:४३:४६ बजे
  • 502
    SHARES
  • प्रचण्डविरुद्धको रिटले माओवादी घटक एक ठाउँमा, आज संयुक्त पत्रकार सम्मेलन गर्दै

    विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । सशष्त्र युद्दकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियाबाट सम्बोधन गर्न थालेपछि आपत्ति जनाएको माओवादी पृष्ठभूमि भएका आठ दलले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

    images

    नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शिर्ष नेताहरु उपस्थित हुने माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सर्वोच्च अदालतले नियमित प्रक्रियावाट मुद्धा सम्वोधन गर्न थाले पछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्बजिनक गरिसकेको छ ।

    माओवादी केन्द्र र माओवादी घटक दलहरुले अलग अलग बक्तब्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णयप्रति असहमति जनाएका थिए । माओवादीले सो असहमति जनाए पनि शुक्रबार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिईसकेको छ ।

    सर्बाेच्च अदालतले दिएको आदेशको पर्सीपल्ट अर्थात २८ फागुनमा माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन । माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नै भनेका थिए– ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन । सत्य के हो, मलाई भन्न दिनुस्। हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन् ।

    मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु ।’ तीन बर्ष अघिको सो अभिब्यक्तिलाई लिएर माओवादी पीडितसमेत रहेका अधिवक्ता आनन्द आरणलगायतले सर्वोच्चमा मुद्धा दायर गरेका हुन । जुन मुद्धालाई सर्वोच्च अदालतले अग्राधिकार दिईसकेको छ । प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी वृत तरङ्गित छाएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology