Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनले आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरे संगै, पर्यटन क्षेत्रमा उत्साह

चीनले आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरे संगै, पर्यटन क्षेत्रमा उत्साह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७९ आइतवार • १७:५७:२९ बजे
  • 664
    SHARES
  • चीनले आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई  सूचीकृत गरे संगै, पर्यटन क्षेत्रमा उत्साह

    चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई समेत सूचीकृत गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १५ मार्च २०२३ (१ चैत)देखि चिनियाँ नागरिकलाई एजेन्सीहरुले नेपाल भ्रमणका लागि प्याकेज बिक्री गर्न सक्ने भएका छन् । यसले नेपालको पर्यटनमा थप उत्पाह ल्याउने व्यवसायीहरुको अपेक्षा छ । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाका अनुसार यो खबरले सबैभन्दा ठूलो उत्साह चिनियाँ पर्यटकलाई नेपाल भित्राउने व्यवसायीमा आएको छ । ‘कोभिड–१९ यता उनीहरुको अवस्था निकै दयनीय थियो,’ उनी भन्छन्, ‘अब एकसाथ ठूलो सुधार आउने अपेक्षा गर्न सकिन्छ ।’

    images

    व्यवसायीहरुका अनुसार चिनियाँ नागरिकका बीचमा नेपाल लोकप्रिय गन्तव्य भित्रै पर्छ । यसो हुनुमा नेपाल चीनको नजिकको मुलुक हुनु र विना ट्रान्जिट सिधा उडानबाट नेपाल आउन सकिने भएको सापकोटा बताउँछन् ।

    ‘उनीहरु समूहमा आउँछन् र पर्यटनमा एकसाथ उत्साह ल्याउँछन्’ सापकोटाले भने । जसबाट ट्रेकिङ गाइडदेखि होटल र यातायातमा समेत राम्रो मुभमेन्ट देखिने उनको भनाइ छ ।
    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाका अनुसार एउटा चिनियाँ समूह आयो भने एउटा होटल नै भरिने सम्भावना हुन्छ । जसले पर्यटन बजारमा राम्रो चहलपहल ल्याउँछ ।’

    नेपालमा कोभिड–१९ को संक्रमण हुनु अगाडि सन् २०१९ मा इतिहासमै सर्वाधिक पर्यटक नेपाल आएका थिए । सो वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए । उक्त वर्ष भारतीयपछि नेपालमा चिनियाँ पर्यटक सर्वाधिक संख्यामा भित्रिएका थिए ।

    नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५४३ जना थिए । यस वर्ष भारतीय पर्यटकको संख्या २ लाख ५४ हजार १५० जना रहेको थियो । त्यसपछि भने चीनले आफ्ना नागरिकलाई अन्य मुलुकमा भ्रमणमा जान रोक लगायो । सन् २०२३ पछि भने चीनले आफ्ना नीतिहरु खुकुलो बनाउँदै गयो । यसको प्रभाव तथ्यांकमा देखिन थालेको छ । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्यांक छ ।

    नेपालमा पर्यटन तथा होटल व्यवसायीहरु चिनियाँ पर्यटकलाई अफसिजनका आकर्षक पाहुना मान्छन् ।

    होटल संघ नेपाल (हान) का कार्यसमिति सदस्य युवराज श्रेष्ठका अनुसार नेपालमा अफसिजन भएका बेला ठूल्ठूला ग्रुपमा चिनियाँ नागरिक आउँछन् । यसले अफसिजनमा राम्रो विजनेस हुन्छ । ‘युरोपेली र भारतीय पर्यटकको एक निश्चित सिजन हुन्छ, उनी भन्छन्, ‘नेपाल आउन चिनियाँ नागरिकले सिजन खोज्दैनन् ।’

    संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पर्छ । टानका महासचिव सापकोटाका अनुसार चिनियाँहरु घुमफिरसँगै सपिङमा बढी रमाउँछन् । जसले गर्दा नेपालको स्वदेशी उत्पादनले राम्रो व्यापार पाउँछ ।

    भारतीय पर्यटकको रुची खानपान र परिकारमा बढी देखिन्छ,’ उनी भन्छन्, ‘चिनियाँ नागरिक सपिङमा रमाउँछन् ।’ हानका कार्यसमिति सदस्य श्रेष्ठका अनुसार होटलका लागि समेत चिनियाँ आकर्षक पर्यटक मानिन्छन् । ‘चीनबाट घुमफिरमा निस्कने धेरैजसो पर्यटक उच्च र मध्यम आय भएकाहरु नै हुन्छन्,’ उनी भन्छन्, ‘होटलका लागि समेत चिनियाँ पर्यटक खर्चालु मानिन्छन् ।’

    व्यवसायीहरुका अनुसार नेपालमा यूरोप र अमेरिकी मुलुकबाट आउने पर्यटक लामो पदयात्रामा जान रुचाउँछन् । तर, चिनियाँ नागरिकलाई यस्तो रुची छैन । उनीहरु समूहमा आउँछन् र एक क्षेत्र भित्रका अनेक गतिविधिमा रमाउँछन् ।

    पर्यटन व्यवसायी सागर पाण्डेका अनुसार पोखरा पुगेका चिनियाँ नागरिक सो क्षेत्र भित्रका प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बलुन, बन्जी, बोटिङ सबै गर्न रुचाउँछन्, तर उनीहरु लामो पदयात्रामा भने जान रुची राख्दैनन् ।

    नेपालमा काठमाडौं, पोखरा र चितवन चिनियाँ नागरिकले सबैभन्दा बढी रुचाएका गन्तव्य हुन । काठमाडौंको सम्पदा क्षेत्रको भ्रमणमा उनीहरु बढी आकर्षित हुन्छन् । चिनियाँ पर्यटक भित्रँदा पर्यटनसँग जोडिने सबै क्षेत्रले एक साथ विजनेश पाउने टानका महासचिव सापकोटा बताउँछन् ।

    नेपालमा कोभिडयता चीनले हवाई उडानलाई रोक लगाएको थियो । उडानमाथिको प्रतिवन्ध फुकुवा हुने क्रम जारी छ । त्यसपछि चाइना साउर्दनले नेपालमा उडान थालेको थियो । त्यसपछि हिमालय एयरलाइन्सले उडान सुचारु गर्‍यो । अहिले यो कम्पनीले कुनमिङ र बेइजिङमा नियमित उडान गरिरहेको छ । एयर चाइनाले छेन्दु–काठमाडौं रुटमा उडान थालेको छ । सिचुवान एयरले समेत नेपालमा सातामा चार उडान गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । यी उडानमार्फत अधिकांश पर्यटकले यात्रा गर्ने भएकाले यसले नेपालको पर्यटनमा उत्साह ल्याउने व्यवसायीको अपेक्षा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology