Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कसरी हुँदैछ शीतलनिवासमा राष्ट्रपति पौडेलको स्वागत र भण्डारीको विदाई ?

कसरी हुँदैछ शीतलनिवासमा राष्ट्रपति पौडेलको स्वागत र भण्डारीको विदाई ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७९ सोमवार • १०:०८:५९ बजे
  • 445
    SHARES
  • कसरी हुँदैछ शीतलनिवासमा राष्ट्रपति पौडेलको स्वागत र भण्डारीको विदाई ?

    राष्ट्रपति रामचन्द्र पौडेल आजै शीतलनिवास सर्ने भएका छन् ।

    images

    राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण गरेपछि उनी शीतलनिवासमै रहने भएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट निजी निवासमा सर्दैछन् ।

    दुई कार्यकाल राष्ट्रपति भएका भण्डारीको हिजो फागुन २८ गते सकिएको थियो । आज पौडेलको शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीको विदाई हुनेछ । निवर्तमान राष्ट्रपति भण्डारीको विदाई र नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ समारोहमा १ हजार बढी पाहुनालाई बोलाईएको छ ।

    नयाँ राष्ट्रपति पौडेल शितल निवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिने छ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् ।

    त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिनेछन् र बधाई दिनुछन् । अन्य विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिनेछन् ।

    त्यसपछि भण्डारीको विदाई गरिनेछ । शीतलनिवासबाट उनी बालुवाटारस्थित छोरीको सर्नेछन् । उनी नीजि निवास सर्ने बताइएपनि घरको मर्मत नुसकिएकाले हाललाई उनी छोरीको सर्न लागेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology