Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अदालतको आदेश शान्ति सम्झौताको पक्षमा नै आयो : प्रधानमन्त्री

अदालतको आदेश शान्ति सम्झौताको पक्षमा नै आयो : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७९ सोमवार • १६:३०:५६ बजे
  • 757
    SHARES
  • अदालतको आदेश शान्ति सम्झौताको पक्षमा नै आयो : प्रधानमन्त्री

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा शान्ति सम्झौताको पक्षमा नै आदेश आएको बताएका छन् ।

    images

    सोमबार माओवादी केन्द्र निकट शिक्षक संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले अब शान्ति प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन सहज हुने बताए ।

    सर्वोच्च अदालतमा आफूविरुद्ध परेको द्वन्द्वकालीन घटनाको मुद्दाले पार्टी कार्यतालाई चिन्तामा पारेको भन्दै प्रचण्डले भने, ‘विस्तृत शान्ति सम्झौताभन्दा बाहिर अध्यक्ष तथा प्रधानमन्त्रीलाई केही हुन लागेको हो कि भनेर देशभरि चिन्ता भयो तर म बिल्कुल चिन्तित थिइनँ । किन चिन्तित थिइनँ भने यो हामीलाई सहयोगी बन्यो ।

    यो विभाजित मा‌ओवादीलाई एकै ठाउँमा आउ भनेजस्तो लाग्यो । हामीलाई एक ठाउँमा आउ भनेको जस्तो भयो ।’ संक्रमणकालीन न्यायको सिद्धान्तलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले कदम चालेको र सर्वोच्चले पनि त्यसमा साथ दिने आदेश दिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

    ‘अदालतको फैसला हाम्रो र शान्ति सम्झौताभन्दा बाहिर गएन, त्यसको पक्षमा नै आयो । चिन्तित हुँदैनौं तर सतर्क हुनैपर्छ’, प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology