Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ

कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १३:२३:०१ बजे
  • 3.2K
    SHARES
  • कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ
    एजेन्सी- आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्।

    घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

    ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए । लामो समय श्रीमान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रहरीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेसन सेन्टरमा खोजी शूरु गरेको थियो ।

    तर लामो समय खोजेपछि उनी अन्तै भेटिए । पुरानो मोबाइल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरीले ट्रेसिङ गरेको थियो । लोकेसनका आधारमा उनलाई प्रहरीले पक्रन सफल भयो । जब उनी फक्राउ परे तब उनको पोल खुल्यो । उनी नाम बदलेर प्रेमिकासँग एउटा घरमा बस्दै आएका रहेछन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology