Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वाधारका क्षेत्रमा लगानी गर्न चीनलाई प्रधानमन्त्रीको आग्रह

पूर्वाधारका क्षेत्रमा लगानी गर्न चीनलाई प्रधानमन्त्रीको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७९ मंगलवार • १२:२७:१५ बजे
  • 559
    SHARES
  • पूर्वाधारका क्षेत्रमा लगानी गर्न चीनलाई प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारका क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह गरेका छन् ।

    images

    मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा बोल्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको भन्दै नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक रहेको बताएका हुन् ।

    नेपाली वस्तुलाई सहज रूपमा बजार दिन समेत उनले आग्रह गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए ।

    फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए ।

    चियालगायत वस्तुको निर्यात बढ्न सक्ने भन्दै उनले नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology