Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्री फेरिन सक्छन्, सरकार तलमाथि हुँदैन : प्रधानमन्त्री

मन्त्री फेरिन सक्छन्, सरकार तलमाथि हुँदैन : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७९ मंगलवार • १७:३७:५६ बजे
  • 673
    SHARES
  • मन्त्री फेरिन सक्छन्, सरकार तलमाथि हुँदैन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा फेरबदल भए पनि सरकारको नेतृत्व तलमाथि नहुने बताएका छन् ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालै आफू नेतृत्वको सरकार तलमाथि नहुने बताए ।

    उनले भने, ‘राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन, हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका थियौँ सामाजिक न्याय, सुशासन र समृद्धि ।

    त्यसमा दृढ भएर अगाडि जान्छौँ । मन्त्रीहरू फेरिनुहुन्छ, सरकारको नेतृत्व तलमाथि हुँदैन । सरकारको नीतिगत प्राथमिकता पनि फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस् ।’ उनले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने जानकारी पनि दिए ।

    उनले भने, ‘प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले विलम्ब गर्नु हुँदैन, कर्मचारी प्रशासन र जनअपेक्षाबिच ठूलो खाडल छ।

    बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्नेगरि आयोग गठनको तयारी गरिएको छ। केही समयभित्रै आयोग बन्छ। त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्नेगरि व्यवस्था गर्न खोजिएको छ।

    आयोगमा विज्ञहरु रहने व्यवस्था गरिनेछ ।’ प्रधानमन्त्री प्रचण्डले कर्मचारी प्रशासनमा ओभरस्टापिङ कटौती गरिने पनि बताए । उनले भने, ‘ओभरस्टापिङको समस्या छ। डुल्बिलेकशनको समस्या छ ।

    अनावश्यक संरचनाहरू छन्। तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ। त्यसका लागि आयोग गठन आवश्यक छ ।’

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology