Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • १४:३१:१० बजे
  • 544
    SHARES
  • चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    images

    नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।

    निकट स्रोतका अनुसार चैत ६ गते पार्टीका सांसद र मन्त्रीलाई कतै कार्यक्रम नपार्नसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् । काँग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।

    एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

    एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology