Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नुपर्छ:विप्लव

जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नुपर्छ:विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • १९:५९:४६ बजे
  • 721
    SHARES
  • जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नुपर्छ:विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास गरिएको आरोप लगाएको छन् । उनले जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गर्नेलाई छुट नदिनेसमेत बताए ।

    images

    काठमाडौंमा बुधबार आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा

    कार्यक्रममा बोल्दै उनले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नुपर्ने धम्कीसमेत दिए । विप्लवले भने, ‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ । यसलाई कुनैपनि हालतमा छुट दिन सकिँदैन ।

    जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ, उसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ ।’ उनले जसले फासीवादको विरुद्ध लडे, उ नै अपराधी हुनुपर्ने हो ?’ भन्दै प्रश्न गरे । उनले भने, ‘२००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ।

    जनयुद्धमात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ ।’ जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद भएको उनको भनाइ छ ।

    दलाल, पूँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीबीच एकता प्रक्रियालाई सुरु गरेको बताउँदै उनले भने, ‘नेपाल राष्ट्रलाई स्वाधिन बनाउने मूल उद्देश्यले हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको हौँ ।’

  • सम्बन्धित विषय:

  • # विप्लव नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology