Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७९ बिहिवार • ०९:३२:१० बजे
  • 253
    SHARES
  • एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित

    काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा पुनः शंकर अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
    अधिवेशनले अधिकारीको नेतृत्वमा २१ पदाधिकारीसहित ८३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । 

    images


    अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मान बहादुर पाण्डे निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, सोम प्रसाद ढुंगाना निर्वाचित भएका छन् । 
    यस्तै,  महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । त्यसैगरी अर्थ उपमहासचिवमा गणेशप्रसाद रिजाल र उपमहासचिवहरुमा बलबहादुर कार्की, नारायण अर्याल, झम्क चौलागाईं, दिनेश यादव निर्वाचित भएका छन्। 


    यसैगरी सचिवहरुमा गायत्री शर्मा, राम बहादुर खड्का, राजवीर महतो, कुवेर भेटवाल, नवराज शाही र देवीदत्त यादव निर्वाचित भएका छन्। ९९ सदस्यीय कार्यसमितिका बाँकी  सदस्य पछि मनोनित गरिने जनाइएको छ।

    अधिवेशनको फागुन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । महाधिवेशनले अध्यक्षको शैक्षिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन र अर्थ उपमहासभिवको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। 

    दोस्रोकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै अधिकारीले संघीय शिक्षा ऐन पारित गर्न पहल गर्ने र त्यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाए । एकीकृत वहुउद्देश्यीय शिक्षक भवन निर्माण, शहीद शिक्षक स्मृति प्रतिष्ठान दर्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि यो कार्यकालमा प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने अध्यक्ष अधिकारीले बताए । आफ्नो मुख्य ध्यान संगठनलाई विधि पद्धतिमा ढालेर व्यवस्थित गर्ने र सम्पूणर् उत्पीडित शिक्षकको आस्थाको केन्द्र बनाउनमा केन्द्रीत रहने अध्यक्ष अधिकारीले स्पष्ट पारे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology