Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७९ बिहिवार • १६:४०:४७ बजे
  • 346
    SHARES
  • भारतबाट घटेर आयो इन्धनको मूल्य

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    images

    निगमका अनुसार नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन ९आईओसी०ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

    नेपाली बजारमा अहिले पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

    भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।

    केही साताअघि पनि भारतले भारतले खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटटाएर पठाएको थियो । तर, निगमले मूल्य यथावत राखेको थियो ।

    आईओसीले प्रत्येक साता इन्धनको नयाँ मूल्य सूची निगमलाई पठाउने गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology