Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कलाकारलाई चुनावी चटारो

कलाकारलाई चुनावी चटारो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७९ बिहिवार • १६:४६:२५ बजे
  • 616
    SHARES
  • कलाकारलाई चुनावी चटारो

    यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकारहरू यतिबेला आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् । यसैक्रममा उपाध्यक्ष पदका उम्मेदवार अभिनेत्री तेजुला खतिवडा (तेजकुमारी)ले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

    images

    उम्मेदवारी दिएपछि खतिवडाले आफूलाई विजयी गराउन आग्रह गर्दै मत मागिरहेकी छन् । उनले आफू निर्वाचित भएमा संघको गरिमा बढाउन काम गर्ने बताएकी छन् । खतिवडाले अग्रज, समकालीन र अनुज सबै कलाकारको हितमा आफू सधैँ उम्भिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

    कलाकारको सीप, दक्षता र विकासका लागि आफू सधै अग्रसर रहने उनको भनाइ छ । यस्तै, उपाध्याक्षमा धनबहादुर बम्जन (डिबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा र विष्णुप्रसाद रिजालले पनि उम्मेदवारी दिएका छन् । संघको अध्यक्ष पदका लागि मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले उम्मेदवारी दिएका छन् ।

    यस्तै, महाचिवमा महासचिव उत्तम केसी, सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारीले उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवाल र सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् ।

    सदस्य पदका लागि उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology