Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै विश्वासको मत लिने तयारी

प्रचण्ड उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै विश्वासको मत लिने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३, २०७९ शुक्रवार • ०९:४०:४४ बजे
  • 199
    SHARES
  • प्रचण्ड उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै विश्वासको मत लिने तयारी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

    images

    प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्दै गर्दा सत्ता साझेदारी दलहरुबीच मन्त्रालय भागबन्डाबारे भने अझै सहमति जुटेको छैन । कसले कुन मन्त्रालय लिने भन्नेबारे छलफल तिव्र छ । तर, गृह मन्त्रालयमा भने नेकपा एकीकृत समाजवादी पार्टीहित तीनदलको दावी रहेको छ ।

    प्रधानमन्त्री प्रचण्ड आफैले अहिले गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका छन् । त्यसमध्ये नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी रहेको बुझिएको छ ।

    स्रोतका अनुसार एकीकृत समाजवादीका नेताहरुले गृसहित तीन महत्वपूर्ण मन्त्रालय दावी गरिरहेका छन् । भने कांग्रेसले पनि गृह र अर्थ दावी गरेको छ । प्रधानमन्त्रीकै पार्टीले गृह मन्त्रालय सम्हालनु पर्ने माओवादी नेताहरुको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology