Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७९ शनिवार • ०९:१८:४५ बजे
  • 889
    SHARES
  • पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

    मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    images

    आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको हो । यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ ।

    यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो । रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ ।

    पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्त्व’ नभएको जिकिर गरेकी छन् ।

    प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन ।’

  • सम्बन्धित विषय:

  • # पक्राउ पुर्जी जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology