Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७९ शनिवार • १२:३७:३७ बजे
  • 853
    SHARES
  • ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले बढेको हो ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा भने बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढेको थियो ।

    यस्तै, सोमबार ६०० रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो । यसका साथै, बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४०० रुपैयाँले बढेको थियो ।

    यसैगरी, यो साता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य निरन्तर बढेर १३ सय १० रुपैयाँ पुगेको छ । यसबीचमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको हो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology