Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेशबाट साढे ४१ करोड रुपैयाँको काजु आयात

विदेशबाट साढे ४१ करोड रुपैयाँको काजु आयात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७९ शनिवार • १४:२४:५० बजे
  • 646
    SHARES
  • विदेशबाट साढे ४१ करोड रुपैयाँको काजु आयात

    चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ ।

    images

    भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो । यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ ।

    काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विदेशबाट १ अर्ब १७ करोड रुपैयाँको काजु आयात गरेको थियो ।

    उक्त अवधिमा नेपालमा १४ लाख किलोग्राम काजु भित्रिएको थियो । यस्तै, यसबापत राज्यले ३७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

    उक्त अवधिमा नेपालमा सबैभन्दा धेरै चीन, भारत, नाइजेरिया, सिंगापुर लगायतका देशबाट काजु आयात भएको थियो । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु आयात हुँदा मोजाम्बिकेबाट २५ करोड रुपैयाँको काजु आयात भएको थियो ।

    यस्तै, भियतनामबाट २६ करोड ८३ लाख रुपैयाँको र नाइजेरियाबाट ११ करोड ६० लाख रुपैयाँको काजु आयात हुँदा चीनबाट १५ लाखको काजु भित्रिएको थियो ।

  • सम्बन्धित विषय:

  • # काजु आयात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology