Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमतीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १०:०७:२८ बजे
  • 724
    SHARES
  • बागमतीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेलले चैत ८ गते पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।

    images

    यसअघि माघ ३ गते प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए । प्रदेशसभाका कुल ११० सांसद मध्ये कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए ।

    प्रदेशसभाका दु्ई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्री जम्कट्टेले चैत ८ गते बुधबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्र समेत पठाइसकेका छन् । उनले नेपालको संविधानको धारा १८८ को २ बमोजिम संसदबाट पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।

    सोही अनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । मुख्यमन्त्री जम्कट्टेलाई आगामी चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले माओवादी केन्द्र र राप्रपा सत्ता सीमकरण थियो ।

    हाल सरकारमा माओवादी केन्द्र र एमाले मात्रै सहभागी छ । संविधानतः मुख्यमन्त्रीलाई समर्थन दिएको वा विश्वासको मत दिएको दल तथा सांसदले समर्थन फिर्ता लिएको अवस्थामा सोको ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले फागुन १४ गतेको मितिले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

  • सम्बन्धित विषय:

  • # विश्वासको मत लिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology