Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १३:१८:५० बजे
  • 490
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    images

    आइतबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

    त्यस्तै कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षकाे बेञ्चमा बस्ने र सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक बस्न सकेकाे थिएन ।

    फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख विपक्षीको दाबी गरेकाे थियो ।

    बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, आजदेखि सत्ता पक्षमा बस्ने र सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology