Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १३:२०:५५ बजे
  • 436
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    images

    रास्वपाको आज आइतबार बसेकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

    उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए । कांग्रेसलगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपाको निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology