Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेकपा कार्यालय धुम्बाराही कि बालुवाटार?

नेकपा कार्यालय धुम्बाराही कि बालुवाटार?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७७ आइतवार • ०८:२७:२१ बजे
  • 1.6K
    SHARES
  • नेकपा कार्यालय धुम्बाराही कि बालुवाटार?

    सत्तारुढ दल नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको छ।

    images

    जनताको कोषबाट सञ्चालित बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर नेकपाले राजनीतिक मात्र होइन, आर्थिक रूपमा पनि राज्यलाई दोहन गरिरहेको छ। तत्कालीन एमाले र माओवादीले पार्टी एकताको घोषणा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेका थिए। २ जेठ ०७५ मा पार्टीका केन्द्रीय सदस्य बालुवाटारमा भेला भएर एकतासम्बन्धी निर्णयको अनुमोदन गरेका थिए । ३ जेठमा घोषणा भएको नेकपा केन्द्रीय समितिका चार सय ४१ सदस्यले शपथ मात्र होइन, खुसियालीको भोज पनि बालुवाटारमै खाएका थिए।

    त्यसो त केन्द्रीय कमिटीको पहिलो बैठक १० जेठ ०७५ मा बालुवाटारमै बसेको थियो। त्यस्तै, नेकपा केन्द्रीय सचिवालयका ५० बैठक बालुवाटारमै बसेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटा र शुरोजंग पाण्डेले संयुक्त रूपमा लेखेका छन्।

    पार्टी एकतापछि बालुवाटारमा नेकपाका ५० भन्दा बढी बैठक बसेका छन्। त्यसमध्ये जम्मा दुई बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेका छन्।

    ‘प्रधानमन्त्री तथा अध्यक्ष अस्वस्थ भएर अनुपस्थित भएका वेला दुई बैठक पार्टी कार्यालयमा बसिएको हो, त्योभन्दा अरू सबै बैठक सरकारी निवासमै भएका छन्,’ नेकपा सचिवालयका एक सदस्यले भने ।

    ३ फागुन ०७४ मा ओली प्रधानमन्त्रीको रूपमा नियुक्त भएयता पार्टीका महत्वपूर्ण र धेरै बैठक प्रधानमन्त्रीकै सरकारी निवासमा भएका छन् । अनौठो यो छ देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाका दुईवटा केन्द्रीय कार्यालय छन्, तर बैठकस्थल भने बालुवाटार बनेको छ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology