Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादी- प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा जाने

एकीकृत समाजवादी- प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १४:५८:३९ बजे
  • 394
    SHARES
  • एकीकृत समाजवादी- प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा जाने

    नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।

    images

    प्रधानमन्त्री प्रचण्डले भोलि सोमाबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यस्तै आजको प्रतिनिधिसभा बैठकबाट सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि एकीकृत समाजवादीले गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

    एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णयमा पुगे पनि कुन–कुन मन्त्रालय लिने र प्रदेश सरकारहरुमा कसरी सहभागी हुने भन्ने विषयमा टुंगोमा पुगेको छैन ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने– ‘सरकारमा सहभागी हुने भन्ने विषयमा दुईमत छैन । तर, कुन–कुन मन्त्रालय लिने र प्रदेश सरकारहरुमा कसरी सहभागी हुने भन्ने विषय छलफलकै क्रममा रहेको छ ।’

    संघीय सरकारमा सहभागी हुने सवालमा एकीकृत समाजवादीले कम्तिमा ४ त्यसमा पनि रोजेको मन्त्रालय पाउनुपर्ने भन्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सरकारमा जाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology