Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनयुद्धका सहिदको सूची अद्यावधिक गरेर राजपत्रमा प्रकाशित गरिने

जनयुद्धका सहिदको सूची अद्यावधिक गरेर राजपत्रमा प्रकाशित गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १५:०२:४१ बजे
  • 475
    SHARES
  • जनयुद्धका सहिदको सूची अद्यावधिक गरेर राजपत्रमा प्रकाशित गरिने

    सरकारले जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको हो ।

    images

    यसअघि ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो ।

    जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।

    गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने जनाइएको छ भने नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गरिने स्रोतको भनाई छ ।

    जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित गर्न लागिएको हो । पहिलो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्धका मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएपनि सहिदको नाम राजपत्रमा प्रकाशित नभएपछि आधिकारिक हुन सकेको थिएन ।

    हाल पुन: प्रचण्ड प्रधानमन्त्री भएपछि सबै जनयुद्धमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology