Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १७:०८:३४ बजे
  • 424
    SHARES
  • १०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

    देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ ।

    images

    जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

    त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन ।

    पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ ।

    आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ ।

    यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुनेछ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेतृत्व निर्विरोध चयन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology