Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सय प्रतिशत सांसदकै मतको आशा छ:प्रधानमन्त्री

सय प्रतिशत सांसदकै मतको आशा छ:प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १७:१२:३१ बजे
  • 556
    SHARES
  • सय प्रतिशत सांसदकै मतको आशा छ:प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकबाट आफूले शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने बताएका छन् ।

    images

    आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुको जिज्ञासाको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो ।

    भोलि सय नै हुन्छ भन्ने आशा छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री भएपछि प्रचण्डले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सय प्रतिशत सांसदले आफूलाई विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरेका हुन् ।

    प्रधानमन्त्रीलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology