Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १०:२७:३२ बजे
  • 439
    SHARES
  • निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

    निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको सोमबार बिदाइ गरिएको छ । शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै पुनको बिदाइ गरिएको हो ।

    images

    पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।

    यसअघि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology