Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छ : प्रधानमन्त्री प्रचण्ड

सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छ : प्रधानमन्त्री प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १३:५१:५६ बजे
  • 505
    SHARES
  • सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई अविलम्ब टुंग्याउन चाहेको बताएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले विविध कारणले गर्दा अहिलेसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने काम नभएको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउने बताएका हुन् ।

    ‘विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम भएको छैन ।

    वर्तमान सरकार अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहन्छ’, प्रधानमन्त्रीले भने, ‘सोही अनूरुप अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको छ ।’

    उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय कुनै दल विशेषको मुद्दा नभएको भन्दै यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology