Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेरो पालोमा भ्रष्टाचार शुन्य भयो,अहिले भ्रष्टाचार मौलाएको छ : ओली

मेरो पालोमा भ्रष्टाचार शुन्य भयो,अहिले भ्रष्टाचार मौलाएको छ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १३:५६:२० बजे
  • 790
    SHARES
  • मेरो पालोमा भ्रष्टाचार शुन्य भयो,अहिले भ्रष्टाचार मौलाएको छ : ओली

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् ।

    images

    विकास निर्माण आयोजनाहरु समेत रोकिएको ओलीले बताए । ‘अहिले विकास निर्माणको गति आउँदैन । रोकिएका आयोजनाहरु दुर्तगतिमा अघि बढ्दैनन् । बाध्यताबस ठेक्का लागेका आयोजनाहरु टुलुटुलु हेर्नुहुन्छ’ ओलीले भने, ‘कसैको प्रमोशनको कुरा आयो भने फलानो केपी ओलीको मान्छे रहेछ भन्नुहुन्छ रोक्नुहुन्छ । मेरो पालोमा भ्रष्टाचार शुन्य भयो ।

    यसरी पाँच सात पुस्तासम्म यस्तै गर्ने देखियो । उहाँको सम्बन्ध उहाँसँग् उहाँको सम्बन्ध अर्कोसँग उहाँको सम्बन्ध केपी ओलीसँग भन्ने अहिले पनि छ ।

    उहाँको मानसिकता नातावाद, कृपावाद, आफन्तवाद र एमाले विरोधी हुनुपर्ने छ ।’ प्रचण्डको नीति राष्ट्रिय शक्ति र प्रगतिशील शक्तिलाई कमजोर पार्ने रहेको ओलीले बताए ।

    वैदेशिक सम्बन्ध असन्तुलन मात्रै हाइन अविश्वसनीय भएको ओलीले बताए । प्रधानमन्त्रीलाई स्वार्थ भएका दलले मात्रै मत दिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology