Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १४:१५:४८ बजे
  • 412
    SHARES
  • रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

    उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

    images

    उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।

    उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय तयार भएको र सम्भवत सोमबार नै महान्यायाधिवक्ता दिनमणि पोखरेलसमक्ष पेस हुने स्रोतको भनाइ छ ।

    सरकार वादी हुने फौजदारी मुद्दामा मुद्दा नचल्ने राय तयार भएमा महान्यायाधिवक्ताले गर्ने निर्णय नै अन्तिम हुन्छ ।

    केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालयमै रहेको रविको राहदानीसम्बन्धी मुद्दाको राय छिटो गरी उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुर्‍याइएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology