Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीलाई देवेन्द्रको जवाफ : विगतमा २/२ पटक संसद विघटनलाई बहादुरी गरेँ भनेर बोल्नुभयो

ओलीलाई देवेन्द्रको जवाफ : विगतमा २/२ पटक संसद विघटनलाई बहादुरी गरेँ भनेर बोल्नुभयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १५:०२:२२ बजे
  • 376
    SHARES
  • ओलीलाई देवेन्द्रको जवाफ :  विगतमा २/२ पटक संसद विघटनलाई बहादुरी गरेँ भनेर बोल्नुभयो

    नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कतिपय माननीयले संसद विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत गरेको बताएका छन् ।

    images

    सोमबार संसद बैठकलाई सम्बोधन गर्दै पौडेलले विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको बताए । यसअघि संसदमा केपी शर्मा ओलीले संसद विघटन गर्नु ठिक थियो भन्दै भाषण गरेपछि पौडेलले त्यसको खण्डन गरेका हुन् । ‘कांग्रेस पहिलो पार्टी हो भन्ने धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ ।

    दोस्रो दलले पहिलो दललाई समेत सहमतिमा लिएर अघि बढौं भन्दा प्रधानमन्त्रीज्यूले राखेको कुरा कहाँ गलत गलत थियो ?’ पौडेलले भने, ‘हामी इतिहासको कठघरा जवाफ दिन तयार छौं । भविष्यका चुनौतीलाई पार लगाउन सहमति खोजिन्छ । सहमतिमा विगतका गल्तीको पुनरावृत्ति गरेर हुँदैन ।

    इतिहासको सम्मान गर्ने हो । गल्ती भएका कुरालाई सच्याएर अघि बढ्ने हो ।’ विगतमा २/२ पटक संसद विघटन भएको विषयलाई पश्चाताप नगर्नु गलत भएको पौडेलले बताए । ‘कसका कारणले संसद विघटन भयो ? संविधानको कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ?’ उनले भने, ‘त्यो सर्वोच्च अदालतले करेक्सन गर्यो । गल्ती भयो भनेर सच्यायो ।

    माननीयज्यूहरु संसदमा आएर बोल्नुहुन्छ मैले बहादुरी गरे । पहिलेकै गल्तीलाई सदर गर्न यो संसदबाट निर्वाचित भएर आएको हो ?’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology