Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यो गठबन्धन ५ वर्षसम्म टिक्छ : अध्यक्ष नेपाल

यो गठबन्धन ५ वर्षसम्म टिक्छ : अध्यक्ष नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १६:३१:४८ बजे
  • 736
    SHARES
  • यो गठबन्धन ५ वर्षसम्म टिक्छ : अध्यक्ष नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरे ।

    ‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ’, उनले भने । नेपालको राजनीति तरल अवस्थामा रहेको भन्दै मानिसहरुले सरकार यति छिटोछिटो गठन पुर्नगठन हुन्छ भन्ने मानिसहरुले नसोचेका बताए ।

    ‘म पनि अन्यौलमा परेको छु । पहिला प्रचण्ड प्रधानमन्त्री रहेको अवस्थामा प्रमुख घटकलाई घोक्रायाएर निकालियो भन्ने सुनियो । अर्कोतिर आफै निक्लनुपर्यो भन्ने पनि सुनेँ म आफै अलमलमा परेँ । बरु यो विषय कुनै विश्वविद्यालयमा अनुसन्धान गर्नेलाई खोजी गर्न दिनुपर्छ कि ? आत्मसमीक्षाको विषय पनि बन्नुपर्छ’, उनले भने ।

    नेपाली राजनीतिमा अरुलाई दोषारोपण गर्ने परिपाटी रहेको भन्दै गल्ती स्वीकार्ने र सुधार्ने नगरी अरुलाई दोषारोपण गर्ने प्रवृत्ति कायम राख्ने हो भने कहिल्यै पनि सही दिशामा जान नसक्ने अध्यक्ष नेपालको भनाई थियो । ‘राजनीतिलाई सहि दिशामा लाने हो भने प्रत्येक व्यक्तिले आत्मसमीक्षा गर्नुपर्ने हुन्छ ।

    किन सहकार्य टिकाउ हुन सकेको छैन अरु दोषी हुन् कि आफु ? सबै नेताहरुको ध्यनाकर्षण गराउन चाहान्छु’, नेपालको भनाइ छ । उनले अहिलेको परिवेश उत्पन्न हुने कुरामा आफुले पहिलो दोस्रो दिनमै आकलन गरेको भन्दै राजनीतिको नाडी छामेर नै यहाँसम्म आएपुगेको बताए ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology