Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सबै मिलेर एमालेलाई एक्ल्याउने काम भयो : उपाध्यक्ष पौडेल

सबै मिलेर एमालेलाई एक्ल्याउने काम भयो : उपाध्यक्ष पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १७:०२:३३ बजे
  • 445
    SHARES
  • सबै मिलेर एमालेलाई एक्ल्याउने काम भयो : उपाध्यक्ष पौडेल

    नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उनले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने विचार प्रकट गरे ।

    images

    प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखे ।

    उपाध्यक्ष पौडेलले भने, ‘राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।’ उनले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको बताए ।

    मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकारात्मक हुन पुगेको दाबी गरे ।

    उनले भने, ‘हाम्रो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ, पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, सरकार संसदीय अङ्कगणितमा केन्द्रित हुँदा धरासयी हुँदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने सङ्केत देखिन्न ।’

  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology