Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

युक्रेन युद्ध अन्त्य गर्ने चीनको योजनाबारे पुटिन सकारात्मक

युक्रेन युद्ध अन्त्य गर्ने चीनको योजनाबारे पुटिन सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७९ मंगलवार • १२:१७:३३ बजे
  • 550
    SHARES
  • युक्रेन युद्ध अन्त्य गर्ने चीनको योजनाबारे पुटिन सकारात्मक

    रुसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणको क्रममा युक्रेनमा जारी गम्भीर सङ्कट समाधान गर्न सी जिन्पिङको १२ बुँदे योजनाबारे छलफल गर्ने बताएका छन् ।

    images

    यी दुई नेताहरूले एक अर्कालाई मिल्ने साथीको रूपमा सम्बोधन गर्ने क्रममा पुटिनले भने, ‘हामी वार्ता प्रक्रियाका लागि सधैँ तयार छौँ।’ चीनले गत महिना युद्ध अन्त्य गर्ने योजनाहरू सार्वजनिक गरेको थियो। जसअन्तर्गत दुस्मनी बन्द गर्ने र शान्ति वार्ता पुनः सुरु गर्ने योजना पनि समावेश गरिएको छ । तर शुक्रवार अमेरिकाले चीनका योजनाहरूलाई इङ्गित गर्दै ती शान्ति योजना ‘अवरोधको रणनीति’ हुनसक्ने चेतावनी दिएको छ।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले भने, ‘युद्धलाई आफ्नै स्वार्थको लागि स्थिर पार्न चीन वा अन्य कुनै पनि देशको सहयोगमा रुसले चालेको रणनीतिक कदमबाट विश्व झुक्किनु हुँदैन।’ यक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउने उनको भनाइ छ । युक्रेनले वार्ताका लागि रुसी सेनाले आफ्नो भूभागबाट सेना हटाउनुलाई मुख्य सर्तको रूपमा जोड दिएको छ।

    यद्यपि, चीनको योजनामा त्यसबारे केही पनि जनाइएको छैन। त्यसको साटो चीनले सबै देशहरूको सार्वभौमसत्ताको सम्मान गर्ने जनाएको छ । साथै सबै पक्षहरू तर्कसङ्गत रहन र संयम अपनाउनु र बिस्तारै स्थितिलाई स्थिर बनाउँदै लग्नुपर्ने जनाएको छ। योजनाले रुसविरुद्धको एकपक्षीय प्रतिबन्धहरूको निन्दा गरेको छ। जसलाई युक्रेनका पश्चिममा सहयोगीहरूको अस्पष्ट आलोचनाको रूपमा पनि हेरिएको छ। सोमवार एक सैन्य समूहले राष्ट्रपति सीलाई मस्कोमा स्वागत गर्‍यो।

    पुटिनले न्यायका सिद्धान्तहरू पालन गरेको र हरेक देशको सुरक्षाबारे ध्यान दिएको भन्दै चीनको प्रशंसा गरे। जवाफमा राष्ट्रपति सीले पुटिनलाई भने, ‘तपाईँको बलियो नेतृत्वमा रुसले आफ्नो समृद्धि र विकासमा ठूलो प्रगति गरेको छ। रुसी जनताले निरन्तर तपाईँको समर्थन गर्ने मेरो विश्वास छ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology