Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७९ मंगलवार • १३:०५:४६ बजे
  • 427
    SHARES
  • रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शक्तिको आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    images

    समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल ‘सफल’ ले आरोपितलाई उन्मुक्ति दिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

    रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरेका छन् ।

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको उनले आरोप लगाएका छन्

    image-55.png

  • सम्बन्धित विषय:

  • # अख्तियारमा उजुरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology