Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उत्पीडित जातिले भोट हाल्ने बेलामा माओवादीलाई बुझ्न सकेन : मन्त्री मोदी

उत्पीडित जातिले भोट हाल्ने बेलामा माओवादीलाई बुझ्न सकेन : मन्त्री मोदी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७९ मंगलवार • १८:०१:०९ बजे
  • 844
    SHARES
  • उत्पीडित जातिले भोट हाल्ने बेलामा माओवादीलाई बुझ्न सकेन : मन्त्री मोदी

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताएका छन् ।

    images

    ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेद्भाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडित जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेको बताए ।

    मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको उनको भनाई थियो ।

    मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’लाई बनाएको उनले टिप्पणी गरे । ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ’, उनले भने । मन्त्री मोदीले माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाएको उल्लेख गरे ।

    माओवादी नेतृत्वको अहिलेको मन्त्रिपरिषद्मा समावेशीता रहेको उनले उल्लेख गरे । मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा समेत दिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री मोदी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology