Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • १६:४९:३३ बजे
  • 913
    SHARES
  • ‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग

    राष्ट्रियसभामा ‘२०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष’ घोषणा गर्न माग उठेको छ ।

    images

    आज (बुधबार) बसको राष्ट्रियसभा बैठकमा सांसद मदनकुमारी साह गरिमाले सो माग गरेका हुन् ।

    सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछुत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि पनि सरकारले २०८० साललाई सो अभियान वर्षको रुपमा घोषणा गर्नुपर्ने बताए ।

    उनले संवैधानिक व्यवस्था अनुसार कानुन बनाउने र समाजमा पछि परेका समूदायहरुको हक अधिकार सुनिश्चित गर्ने कुरामा संघीय संसदले सरकारलाई सचेत गराईरहनुपर्ने आवश्यक्ता रहेको बताए ।

    उनले भने, ‘दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि २०८० साललाई जातीय छुवाछुत विरुद्धको अभियान वर्ष घोषणा गरियोस् भनेर सरकारसँग माग गर्दछु ।

    संविधानले निर्देश गरे अनुसार कानुन निर्माणको काम गरिसक्न पनि सरकारलाई सचेत गराउन चाहन्छु ।’

  • सम्बन्धित विषय:

  • # २०८० साल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology