Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए : प्रचण्ड

अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • १६:५२:०६ बजे
  • 946
    SHARES
  • अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गएको स्वीकार गरेका छन् ।

    images

    राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका बेला अन्तरजातीय विवाहलाई गर्वको रूपमा लिने गरेपनि पछिल्लो समय बिस्तारै हराउँदै गएको बताए । तर माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरजातीय विवाहहरू कम हुँदै गएको बताए । ‘हामीले ज नयुद्धद्धमा अन्तरजातीय विवाहमा गर्व गथिर्यौ । ती गर्व गर्ने विषय बिस्तारै हुन छोडे ।

    जनयुद्धको बेलामा भएको अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए । अन्तर जातीय विवाह जुनस्तरमा गर्वको रूपमा गरिन्थ्यो त्यो हुन छोडे’ प्रचण्डले भने ।

    दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांस्कृतिक आन्दोलनको विषय भएको प्रचण्डले बताए । ‘हामी जति बेला हामी क्रान्तिकारी आन्दोलनमा थियौं । त्यतिबेला अन्तरजातीय विवाह हुँदा गर्व गर्थियौं ।

    अन्तर जातीय विवाह हुँदा एउटा उच्च जातीय भनिने र दलित समुदायको बिचमा विवाह हुँदा समारोह गर्ने त्यसलाई सम्मानित गर्ने सबैले गर्व गर्ने जनतालाई राखेर भाषण गर्ने गरिन्थ्यो’ प्रचण्डले भने, ‘दलित समुदायबाट वीरता र बलिदान कायम गरिए भने समाजमा स्थापित गरिन्थ्यो ।

    त्यसलाई सांस्कृतिक आन्दोलनको रूपमा लिइन्थ्यो ।’ माओवादी विस्तृत शान्ति सम्झौता हुँदै संविधान सभाबाट यहाँसम्म आइपुग्दा दलित समुदायका हक अधिकारहरुलाई संवैधानिक रूपमा सम्बोधन गर्न सफल भएकोप्रचण्डले बताए । दलित समुदायको विभेद अन्त्य गर्न कानुनी रूपमा व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology