Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७९ बिहिवार • १२:४८:०५ बजे
  • 493
    SHARES
  • राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

    भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

    images

    बिहीबार गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको सजाय सुनाएको हो । यद्यपी उनी ३० दिनका लागि धरौटीमा रिहा भएका छन् । अदालतले दुई सालको सजाय गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

    अर्थात फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् । सन् २०१९ मा गान्धीले कर्नाटकमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । चार वर्षअघि दायर मुद्दामा अदालतले राहुललाई आज दोषी ठहर गरेको हो ।

  • सम्बन्धित विषय:

  • # दुई वर्षको जेल सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology