Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल ,राज्य ब्यवस्था फेर्न नयाँ पहल लिने विप्लवको घोषणा

दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल ,राज्य ब्यवस्था फेर्न नयाँ पहल लिने विप्लवको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १९:२६:४१ बजे
  • 1.8K
    SHARES
  • दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल ,राज्य ब्यवस्था फेर्न नयाँ पहल लिने विप्लवको घोषणा
    बि’द्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।

    महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत गरेका छन् ।

    प्रेस विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन्, ‘यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो ।’ विप्लवले सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी भएकाले सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह पनि गरेका छन् ।

    महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

    ‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ । यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो । तसर्थ सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी हुन गएको छ । हामो पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गर्दछ ।’
    press-wiplaw-2077-6-4-final-1-768x550-1.jpg

  • सम्बन्धित विषय:

  • # विप्लव
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology