Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैशाख दोस्रो हप्ताभित्र प्रधामन्त्रीको भारत भ्रमण हुन्छः मन्त्री शर्मा

वैशाख दोस्रो हप्ताभित्र प्रधामन्त्रीको भारत भ्रमण हुन्छः मन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • ११:०७:१६ बजे
  • 544
    SHARES
  • वैशाख दोस्रो हप्ताभित्र प्रधामन्त्रीको भारत भ्रमण हुन्छः मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताएकी छन् ।

    images

    बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा  यस्तो बताएकी हुन् ।

    मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् ।

    इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन् । उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन् ।

    उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन् ।

    उनले भनिन्, ‘उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारतभ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ । सरकारले बिस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’

    मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन् । भारत सरकार आफूले राखेका मागहरुमा सकारात्मक रहेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # मन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology