Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालको साक्षरता दर ७६.२ प्रतिशत

नेपालको साक्षरता दर ७६.२ प्रतिशत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १३:०४:१३ बजे
  • 577
    SHARES
  • नेपालको साक्षरता दर ७६.२ प्रतिशत

    नेपालको साक्षरता दर १० प्रतिशतले बढेको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार साक्षरता दर ७६.२ प्रतिशत छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

    images

    जनगणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो । जसअनुसार यो गणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका मानिसहरूको संख्या २ करोड ६६ लाख ७५ हजार ९७५ छ । तीमध्ये २ करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न जान्दछन् ।

    यो कुल जनसंख्याको ७६.२ प्रतिशत हो । यसअनुसार पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ । ०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

    सरकारले ०६५ सालमै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित रणनीति बनाएको थियो । तर, दशक बित्दा पनि निरक्षरता उन्मूलन गर्न सकेको छैन । अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।

    जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology