Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १४:००:१३ बजे
  • 448
    SHARES
  • नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन् ।

    images

    अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सो प्रस्ताव राखेका हुन् ।

    शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा बोल्दै उनले आज बिहान आफूले प्रचण्डलाई नेकपा रिभाइभ गर्ने प्रस्ताव राखेको बताए ।

    ‘आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,’ नेपालले भने ।

    राष्ट्रपतिको चुनावका बेला नेकपा ब्युँताउने प्रस्तावमा प्रचण्ड तयार भएको बताए । तर, एमाले अध्यक्ष केपीशर्मा ओलीले सोही प्रस्ताव पठाउँदा चासो नराखेको बताए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपालको प्रस्ताव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology