Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १९:०९:४६ बजे
  • 637
    SHARES
  • बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

    प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् ।

    images

    प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन् ।

    कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।

    वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

    एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए । २०७९ वैशाख १८ मा सरकारले वरीयता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # सरकारको निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology