Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यो सरकारले जनताका समस्या समाधान गर्न सक्दैन:एमाले नेता पौडेल

यो सरकारले जनताका समस्या समाधान गर्न सक्दैन:एमाले नेता पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १९:२४:५९ बजे
  • 355
    SHARES
  • यो सरकारले जनताका समस्या समाधान गर्न सक्दैन:एमाले नेता पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाहेकै बेला एमालेले वर्तमान सत्ता गठबन्धनलाई भत्काउँन सक्ने बताएका छन् ।

    images

    सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको दावी गर्दै उनले भने, ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ । तर, हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौँ ।’

    शुक्रबार एमालेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोेल्दै नेता पौडेलले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको समेत आरोप लगाए ।

    उनले सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेको बताउँदै यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने तर्क गरे । नेता पौडेलले भने, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्दैन ।

    राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान छैन । तपाईँहरुले देखिरहनुभएको छ, जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने ।

    सरकारमा कसरी पुग्ने चिन्ता मात्र थियो । अब सरकार कसरी टिकाउने ? सरकार कसरी जोगाउने ? योभन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन ।’

  • सम्बन्धित विषय:

  • # एमाले नेता पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology