Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०७९ शनिवार • १३:५०:०८ बजे
  • 832
    SHARES
  • दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

    उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् ।

    images

    मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दावी गरेका हुन् ।

    शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए । उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ ।

    सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।

    यो कुरामा सरकार गम्भिर भएको जानकारी गराउँदै र तपाईहरुसँग नियमित छलफल र अन्तरक्रियामा रहने बचन दिन्छु ।’

    कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology