Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिचान पक्षधरसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

पहिचान पक्षधरसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०७९ शनिवार • १५:००:१८ बजे
  • 643
    SHARES
  • पहिचान पक्षधरसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

    कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्तासमिति गठन गरेको छ।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्तासमिति गठन गरेको हो।

    images

    छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो। छलफलमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बुको निधन भएकोमा दुख व्यक्त गर्दै वार्ताबाटै समस्याको समाधानका लागि आग्रह गरे।

    एक नम्बर प्रदेश नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्या समाधान गर्न अपील गरेका थिए ।

    भेटमा सरकारको तर्फबाट सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोद सिंह थिए।

    भेटमा प्रधानमन्त्रीले आन्दोलनको क्रममा भएको पदम लिम्बुको निधनप्रति दुख प्रकट गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, सहिद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामाकरणको विषयमा राजनीतिक तहमा वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताए।

    प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रमले सिङ्गो देशलाई ध्यानाकर्षण गरेको र प्रधानमन्त्रीसहित सिङ्गो सरकारसमेत यो विषयमा सम्वेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर सम्वादबाट निकाल्न आग्रह गरे।

  • सम्बन्धित विषय:

  • # सरकारद्वारा समिति गठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology