Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीका दुई मन्त्रीको जिम्मेवारी फेरिँदै

माओवादीका दुई मन्त्रीको जिम्मेवारी फेरिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७९ आइतवार • ११:०२:५३ बजे
  • 2.5K
    SHARES
  • माओवादीका दुई मन्त्रीको जिम्मेवारी फेरिँदै

    नेकपा माओवादी केन्द्रले केहि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ ।

    images

    पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दललाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेसँगै माओवादीका केहि मन्त्रीको जिम्मेवारी फेरिने भएको हो । स्रोतका अनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी फेरिने भएको छ ।

    उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा सरकारमा गएका श्रेष्ठ गृहमन्त्री बन्ने प्रवल सम्भावना छ । सरकारमा सहभागी हुन लागेको नेपाली कांग्रेसले अर्थ मन्त्रालय नछाडेपछि प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले बतायो ।

    भौतिक मन्त्रालयबाट बिदा हुने भएपछि मन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलन बोलाएका छन् । यद्यपी एक सय दिन पुगेको उपलक्ष्यमा मन्त्रालयबाट भएका कामकारबाहीबारे ब्रिफिङ गर्न पत्रकार सम्मेलन बोलाइएको मन्त्रीका प्रेस संयोजक कमल गिरीले बताए । मन्त्रालयको भागबण्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने पक्कापक्की जस्तै छ ।

    यस्तो अवस्थामा माओवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने सम्भावना कम छ । सोही कारण श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना धेरै छ । यता सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको पनि जिम्मेवारी फेरिने सम्भावना छ ।

    कर्मचारी सरुवामा खुलेआम बार्गेनिङ गरेको रिपोर्ट पुगेपछि उनलाई हटाउन लागिएको स्रोत बताउँछ । बालुवाटार स्रोतका अनुसार उनलाई वन वा सहरी विकास मन्त्रालयमा जिम्मेवारी दिन लागिएको छ ।

    हाल माओवादीबाट श्रेष्ठ र मोदीसहित सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराती र पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology