Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वभर कोरोना भाइरसबाट एक करोड संक्रमित

विश्वभर कोरोना भाइरसबाट एक करोड संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७७ आइतवार • ०८:३०:२९ बजे
  • 1.7K
    SHARES
  • विश्वभर कोरोना भाइरसबाट एक करोड संक्रमित

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७६ हजारबढी संक्रमित भएसँगै कोरोनाबाट हालसम्म १ करोड ८० हजार २२४ जना संक्रमित भएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेको ५ लाख नाघेको छ । यस भाइरसबाट ५ लाख १ हजार २६२ जनाले ज्यान गुमाइसकेका छन् । 

    images

    ५४ लाख ५७ हजार ९४५ संक्रमितले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ४१ लाख २१ हजार १७ रहेको छ । तीमध्ये ५७ हजार ७ सय ४८ जना गम्भीर बिरामी रहेका छन् ।

    कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या २५ लाख ९६ हजार ५३७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २८ हजार १५२ पुगेको छ । १० लाख ८१ हजार ४३७ जना निको भएर घर फर्केका छन् भने १५ हजार ८१६ जना गम्भिर अवस्थामा रहेका छन् ।

    अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ पुगेका छ भने मृत्यु हुनेको संख्या ५७ हजार १०३ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology