Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादीबाट बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने

एकीकृत समाजवादीबाट बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७९ आइतवार • १२:३२:५२ बजे
  • 814
    SHARES
  • एकीकृत समाजवादीबाट बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने

    नेकपा (एकीकृत समाजवादी) पार्टीबाट डा। बेदुराम भुसाल नेतृत्वमा सरकारमा सहभागी हुने करिब पक्का भएको छ ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा सत्तारुढ गठबन्धनमा सहभागी दलहरुमा कुन मन्त्रालयमा दावी गर्ने र कसलाई मन्त्री बनाउने भन्ने चर्चा चलिरहेको छ ।

    आन्तरिक रूपमा मन्त्रीबारे लगभग टुंगोमा पुगिसकेकाे एकीकृत समाजवादीबाट सरकारमा भुसालले नेतृत्व गर्ने नेताहरूबीच समझदारी जुटेको छ । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल एकीकृत समाजवादीका उपाध्यक्ष हुन् ।

    भुसाल यसअघि पार्टीका महासचिव थिए । घनश्याम भुसाललाई महासचिव बनाइएपछि उनलाई उपाध्यक्षमा बढुवा गरिएको थियो । एकीकृत समाजवादीमा सरकारको नेतृत्वका लागि उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालाले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

    उनीहरूलाई अर्कोपटक मन्त्री बनाउने गरी समझादारीको प्रयास गरिएको एक नेताले बताए । एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ ।

    जसमा बझाङबाट निर्वाचित सांसद भानुभक्त जोशी मन्त्री बन्ने निश्चित रहेको नेताहरू बताउँछन् । एकीकृत समाजवादीभित्र मन्त्री छनोटका लागि मापदण्ड बनाइएको छ ।

    स्रोतका अनुसार निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकामध्येबाट एकजना दोहोरिने गरी मापदण्ड बनाइएको छ । जसमा नेता मेटमणि चौधरी मन्त्रीमा दोहोरिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयमा दाबी गरिरहेको छ ।

    गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको पनि दाबी छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलका नेताहरूसमक्ष आज मन्त्रालय भागबन्डाको औपचारिक प्रस्ताव राख्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सरकारमा सहभागी हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology